१ नम्बर प्रदेशका ५ सय बढीमा डेंगुको संक्रमण, जताततै त्रास फैलियो

0
Shares

सरोज यादव, विराटनगर ।
१ नम्बर प्रदेशमा डेंगु रोगीको संख्या ५ सय नाघेको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताउनु भएको हो ।

पहिलो चरणमा धरानमा देखिएको डेंगुको प्रकोप हाल झापा, मोरङ, सुनसरीका साधै धनकुटा र उदयपुरसम्म फैलिएको उहाँले बताउनु भयो ।

यस्तै मन्त्री घिमिरेले डेंगु फैलिएको बाहनामा जनतामा त्रास फैलाउने, महँगो शुल्क लिने र अनुचिल लाभ लिनखोज्ने अस्पताल, चिकित्सक तथा सरोकारवालाई प्रदेश सरकारले सचेत गराएको पनि सदनलाई जानकारी दिनुभयो ।

यस्तै बालशिक्षिकाहरुलाई प्रोत्साहन गर्न प्रदेश सरकारले टोकन मनिको व्यवस्था गरेको, निजी विद्यालयका शिक्षकहरुको पारिश्रमीम श्रम ऐन अनुसार दिने निर्देशन गरेको पनि मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठकमा विनियोजन विधेयक माथि आफ्नो मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिँदै कार्यवहाक मुख्यमन्त्री समेत रहनु भएका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले भने, प्रदेश प्रहरी गठनका लागि कानून निर्माणको लागि ड्राफ्ट तयार भएको बताउनु भयो ।

उहाँले केन्द्रबाट प्रहरी सेवाको विषयमा कानून पारित भएलगत्तै प्रदेशमा पनि पारित गरिने र प्रदेश प्रहरी गठन गरिने जानकारी दिनुभयो । मन्त्री कार्कीले १ नम्बर प्रदेशमा हाल १७ वटा बिओपी (बोर्डर आउट पोष्ट) रहेको जानकारी दिँदै आगामि आर्थिक वर्षमा त्यसलाई बढाएर ४१ वटा पु¥याउने आफूहरुको लक्ष्य रहेको जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षमा १३ वटा चेकपोष्ट बनिरहेको उहाँको भनाइ छ । यता आन्तरिक मामिला मन्त्रालयले विनियोजन गरेको बजेटको विषयमा बोल्दै संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादवले सरकारको आलोचना गर्नुभयो ।

उहाँले २ वर्ष बित्न लाग्दा पनि भौतिक पूर्वाधार, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्ति नभएको भन्दै मुख्यमन्त्रीको आलोचना पनि गर्नुभयो ।

छलफलमा भाग लिँदै कांग्रेसका सांसद शिवनारायण गनगाईले बजेटमा भइपरि आउने खर्च भन्दै १ अर्ब रुपैयाँ राखिएको भन्दै आपत्ती जनाउनु भयो । उहाँले पोको पारेर पैसा राखेर आफूखुसी खर्च गर्ने मनसाय राखेको भन्दै अपुग रहेको ठाउँमा उक्त रकम खर्च गर्नुपर्नेमाग गर्नुभयो ।

छलफलमा सांसद प्रतापप्रकास हाङमाङ, कूलबहादुर साम्बा, श्रीप्रसाद मैनालीलगायतले बोल्नु भएको थियो ।