कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई एनआईसी एसिया बैंकको सहयोग


एनआईसी एसिया बंैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीमा आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरका पीडित परिवारको पुनस्र्थापनाका निम्ति धनगढी उपमहानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोगस्वरुप दुई लाख रुपिया“ सहयोग हस्तान्तरण गरेको छ ।

उक्त सहयोग स्वरुपको चेक एनआईसी एसिया बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेकराज भट्टले धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गर्नुभएको छ । यो सहयोगबाट हावाहुरी पीडित क्षेत्रका परिवारलाई सहयोग पुग्ने भन्दै यस किसिमको सहयोग आगामी दिनमा पनि कायम रहने विश्वास धनगढी उपमहानगरपालिकाका प्रमुख ओडले व्यक्त गर्नुभयो । एनआईसी एसिया बैंकले गरेको यो सहयोगले उक्त क्षेत्रका पीडित परिवारका लागि केही राहत पुग्ने विश्वास बैंकले लिएको छ ।

२८५ शाखा, २९५ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवम् ३७ वटा शाखारहित बैंकिङ इकाईमार्फत् करिब १६ लाख ग्राहकलाई सेवा प्रद्यान गर्दै आएको छ ।