एभरेष्ट बैंकका ग्राहकलाई मेडीसिटीमा छुट


एभरेष्ट बैंकले नेपाल मेडीसिटी हस्पिटलस“ग ग्राहकलाई छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडी परामर्श तथा प्याकेजबाहेक अन्य सेवा–सुविधाहरुमा ७ प्रतिशत छुट पाउन सक्नेछन् ।

यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकले भिसा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफर को लाभ लिन सक्नेछन् । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकको संख्या १० लाखभन्दा बढी रहेको छ ।

हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११९ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।