साढे ४ लाखले दिए लोकसेवाको आवेदन

माग भन्दा ४८ गुणा बढी आवेदन

0
Shares

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेमा १ लाख ३ हजार ५ सय ६७ जना महिला, ४३ हजार ३ सय २० जना आदिवासी जनजाति, २४ हजार ९० जना मधेसी, ३ हजार ९१ जना दलित, १ सय ४६ जना अपांग र १ सय १६ जना पिछडिएका क्षेत्रका आवेदनकर्ता रहेका आयोगले जनाएको छ । ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनमा माग गरेको पद भन्दा ४८ गुणा बढी आवेदन परेको हो ।

उनका अनुसार आयोगले विज्ञापन आवेदनबाट १४ करोड, ४ लाख ११ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ । लोक सेवा आयोगको उक्त विज्ञापनमा असार १० गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो ।

दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । दोब्बर दस्तुर तिरेर पनि आवेद गर्ने मिति मंगलबार राति १२ बजे सकिएको थियो ।