वालिङ नगरको बजेट सार्वजनिकमा विरोध,पत्रकारबाट बहिस्कार

0
Shares

अमृत अर्याल, स्याङजा ।
जिल्लाको मध्यभागमा रहेको वालिङ नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार नै सहभागी भएनन् । आर्थिक बर्ष ०७६÷७७ को निती कार्यक्रम तथा बजेट सार्वजानिक सम्बन्धी पत्रकार सम्मेलनमा जिल्लाका पत्रकारले सांकेतिक विरोध गरेका छन् ।

वालिङ नगरपालिकाद्धारा आयोजित आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम सम्वन्धि छैटौँ नगरसभामा जिल्लामा क्रियाशिल उत्कृष्ट पत्रकार सम्मान भन्दै दुई जना पत्रकार, करदाता, सरसफाई टोल बिकास समितीलाई सम्मान गरिएको थियो ।
उत्कृष्ट पत्रकार सम्मान गरेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सँग कुनै समन्वय नगरेकोमा नेपाल पत्रकार महासंघ स्याङ्जाले ध्यानाकर्षण गर्दै बुधबार नगरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थिती नभइ विरोध जनाएका छन् ।
यसै विषयमा नेपाल पत्रकार महासघं जिल्ला शाखा क्रियाशिल हुँदा हुँदै प्रतिभा छनौट गर्ने विधी र प्रकृया नपु¥याई सामाजिक सञ्जालबाट पत्रकार सम्मान भएको कुरा बाहिर आएपछि महासंघद्वारा ध्यानाकर्षण गरिएको नेपाल पत्रकार महासंघ स्याङ्जाले जनाएको छ ।

हरेक संघसंस्था र सरकारी कार्यालयले समेत महासंघको समन्वयमा पुरस्कृत हुने पत्रकार छनोट गर्दै आएका छन् । वालिङ नगरपालिकाले जिल्लामा रहेका क्रियाशिल पत्रकारलाई सम्मान गर्ने अभियानको थालनी गरेकोमा भने पत्रकार महासंघ स्याङ्जाले स्वागत गरेको छ ।

यो अभियानको अन्य स्थानीयतहले पनि थालनी गर्न पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले आग्रह गर्नुभएको छ ।

जिल्लामा क्रियाशिल पत्रकार सम्मानित हुँदै गर्दा हाम्रो बिरोध होईन, पद्धतीको विरोध गरेका हौँ नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष शर्माले भन्नसभयो, ‘सञ्चारकर्मी सम्मान भएको खबर महासंघले सामाजिक सञ्जालबाट थाहा पाउने तर महासंघ बेखबर हुनु दुःखद हो ।’

यस्ता क्रियाकलापले संस्थाको गरिमा र मर्यादा सगै पद्धतीमा आच आउने काम भएकोे शर्माले कताउनुभयो । नगरपालिकाले बोर्ड बैठकमा समेत निर्णय नै नगरी आफु खुशी सम्मान गर्नेको नामावली सभामा एकैचोटी आएको वडा अध्यक्षहरुले बताउनुभएको छ ।

उता वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ६५ करोड ६७ लाख ५७ हजारको बजेट विनियोजन गरि सार्वजानिक गरिएको बताइएको छ ।
सभावाट स्वीकृत वजेट वुधवार पत्रकार सम्मेलन मार्फत आम सर्वसाधारणलाई जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । महासंघ सगँ सहकार्य नगरी पत्रकार पुरस्कृत गरेको विषयमा पत्रकारहरुले सहभागी नभएर विरोध जनाएका थिए ।

बजेट उप–प्रमुखले प्रस्तुत गर्ने प्रावधानमा उल्लेख गरिएको भएपनि बजेट नगर प्रवक्ता केदार काफ्लेले प्रस्तुत गरेको बताइएको छ ।