हुम्लाको एक विद्यालयमा २ वटा सकेट बम भेटियो

0
Shares

अर्जुन बोहरा, सिमकोट, हुम्ला ।
हुम्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित ताक्ला गाउँमा रहेको बाग्गेश्वरी आधारभुत विद्यालयमा बम भेटिएको छ ।

विद्यालय भवन निर्माण भईररहेको वेला नजिकै रहेको ठुलो ढुङ्गा मुनि २ वटा सकेट बम भेटिएको स्थानीयले बताएका छन् । विद्यालय भवन निर्माण गरिरहेकै बेला शंकस्पद बस्तु देखेपछि सुरक्षा निकायलाई जानकारी गराएको वाग्गेश्वरी आधारभुत विद्यालयका शिक्षक रविन्द्र जैसीले बताए ।

विद्यालयबाट शिक्षकले जानकारी गराएपछि नजिकै रहेको ठेहे प्रहरी चौकी इन्जार्ज अनन्तमणि पोखरेलको कमान्डमा गएको टोलिले २ वटा सकेट बम भेटिएको हो । उहाँका अनुसार शसक्त द्धन्दको वेला राखिएको सकेट बम हुन सक्ने आँशकाँ गर्नु भयो । विद्यालयमा भेटिएको उक्त सकेट बमको डिस्पोज नहुनजेल सम्म प्रहरी सुरक्षाको टोली घटनास्थलमा सुरक्षा गरिरहेको जानकारी दिनुभयो ।

विद्यालयमा भेटिएको बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थलमा जाने तयारी भईरहेको बताइएको छ ।तर, बम कसले र कहिले राखेको भन्ने विषयमा प्रहरीको अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

घटनास्थल सदरमुकाम सिमकोटदेखि १० कोष टाढा छ ।