जंगली च्याउ खाएर एक महिलाको मृत्यू

0
Shares

ईन्द्र गिरी, संखुवासभा ।

जंगली च्याउ खाएर विरामी भएकी संखुवासभा चिचिला १ की पदमकुमारी राईको उपचारको क्रममा मृत्यू भएको छ ।

जंगली च्याउ खाई विरामी भएकी ५९ वर्षिय राईको खादवारी अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ लगिएको थियो ।

संखुवासभा चिचिला १ चनौटी गाउकी मृतक पदमकुमारी रार्ई र छिमेकी गौमाया राइले गत शनिवार जंगलबाट च्याउ खोजेर ल्याई पकाएर खाएपछि दुवै जना विरामी भएका थिए ।

दुवै जना झाडापखालाबाट विरामी भएपछि खादवारी अस्पतालमा उपचार हुन नसकेपछि सुनसरीको घोपा क्याम धरानमा लगिएकोमा पदमकुमारीलाई भने थप उपचारकोलागी काठमाण्डौ लगिएको थियो ।

उनको काडमाण्डौ स्थित के.एम.सि हस्पिटल सिनामंगलमा उपचारको क्रममा आज मृत्यू भएको चिचिला १ वडा अध्यक्ष चन्द्र गुरुङले बताउनु भयो ।
अर्की विरामी गौमाया राई भने सुनसरीको घोपा क्याम धरानमा उपचार पछि घर फर्किएकी बताईएको छ ।