यमलाल भुसाल, बुटवल ।
लुम्बिनी आसपासमा रहेका उद्योगहरु तत्काल बन्द गर्न सर्वोच्च अदालतले गरेको निर्णय प्रति रुपन्देही उद्योग संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अदालतको उक्त निर्णयले लुम्बिनी आसापासमा संचालित उद्योगहरुमा भएको अरबौंको लगानी र हजारौंको रोजगारी धरापमा परेको जनाएको छ ।
भगवान गौतमबुद्धको जन्मस्थल जस्तो पवित्र क्षेत्रको पर्यावरण जोगाउन र विश्वका पर्यटकलाई लुम्बिनीमा ल्याई पु¥याउन सो क्षेत्रलाई हरेक ढंगबाट जोगाउनु पर्दछ भन्ने संघको ठम्याई छ ।
तर हतारमा गरिने यस्ता खालका निर्णयले उद्योगीहरुमाथि पर्न जाने गम्भिर असरलाई पनि मध्यनजर गरिनु पर्दछ भन्ने संघको माग रहेको जनाएको छ ।
अतः उद्योगीहरुलाई उपयुक्त जग्गा व्यवस्थापन र उद्योग पुनः संचालनका लागी आवश्यक पर्ने समय निर्धारण गरी स्थानान्तरण गर्न र अरबौंको लगानी तथा हजारौंको रोजगारी संरक्षण गर्न तर्पm सम्बन्धित निकायले ध्यानाकर्षण गरिदिनुहुन अध्यक्ष गणेश प्रसाद अधिकारी र महासचिव कृष्ण पराजुलीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।











प्रतिक्रिया