सिभिल बैंकको शाखा बर्दियाको सितला बजारमा


 

सिभिल बैंकले बर्दियाको सितला बजारमा शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बढैयाताल गाउ“पालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गर्नुभयो ।

शाखाको उद्घाटनका क्रममा सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनीतिक व्यक्ति, उद्योगी, व्यवसायीलगायतकोे उपस्थिति रहेको थियो ।सितला बजार शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८६ पुगेकोे बैंकले जनाएको छ ।