जेसीबीको सर्लाहीमा आउटलेट


नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले सर्लाही जिल्लाको हरिवनमा अथोराइज्ड रिटेल आउटलेट (एआरओ) शुरु गरेको छ । नया“ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रियस्तरको एफ्टारसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् ।

नया“ आउटलेटको उद्घाटन प्रमुख अतिथि हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले गर्नु भएको थियो । यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएस“गै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट शुरु गरेको गिरिजा अर्थमुभर्सका यन्दु जैनले बताउनुभयो ।