नारायणगढ–मुग्लिन सडक अवरुद्ध


काठमाडाैं । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । मंगलबार साँझदेखि परेको झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना– ६ स्थित चार किलोमा राति ९ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अहिले बिहान पहिरो पन्छाउने कार्य भइरहेको छ ।