स्थानीय तहको बजेटमा पहिलो प्राथमिकता शिक्षा

0
Shares

धनवीर दाहाल, रुकुम । शिक्षाको विकास नै सबै भन्दा ठुलो विकास भएको ठहर गर्दै रुकुम पश्चिमका स्थानीय तहले सबै भन्दा पहिलो प्राथमिकता शिक्षा क्षेत्रलाई दिन थालेका छन् ।

प्राविधिक शिक्षालय संचालन देखी नहुना बिद्यालय निर्माण गर्न आगामी आर्थिक बर्षका लागी बजेट व्यवस्था गरिएको छ । स्थानीय सरकार आफैले प्राविधिक शिक्षालय सञ्चालन गर्नेदेखी विद्यालयको पूर्वाधार निर्माण, नमुना विद्यालय बनाउँने नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गर्दै बजेटको व्यवस्था गरेका छन् ।

आठबिसकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा २२ करोड ९८ लाख रकम विनियोजन गरेको छ । यस्तै चौरजहारी नगरपालिकाले शिक्षा तर्फ ११ करोड ६४ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको छ । शैक्षिक सुधारको लागि सबैभन्दा बढि आधारभुत तहलाई विशेष रुपमा जोड दिइएको स्थानीय तहहरुले बताएका छन् ।

जिल्लाको सदरमुकाम रहेको मुसीकोट नगरपालिकाले सामाजिक विकास समिति मार्फत शिक्षा तर्फ २ करोड ६४ लाख ८१ हजार ८ सय ५१ रुपैयाँ विनियोजन गरेको नगर उपप्रमुख प्रेमकुमारी सुनार केसीले जानकारी दिनुभयो । सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्षको शिक्षा क्षेत्रको विकासका लागि १५ करोड २१ लाख ९६ हजार रकम विनियोजन गरेको छ ।

यस्तै बाँफिकोट गाउँपालिकाले ३ करोड ४६ लाख २८ हजार रुपैयाँ बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको जनाएको छ । शिक्षा क्षेत्रमा प्राप्त बजेट अभावले विकास हुन नसकेको गुनासो आउँने गरेपछि प्राप्त बजेटको व्यवस्था गरिको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा सूचना प्रविधिको विकास गर्नुका साथै विद्यलयको भौतिक पूर्वाधारमा विकास, करारमा शिक्षक व्यवस्थापन, शिक्षकको क्षमता विकास सम्बन्धी आवश्यक तालिम, विद्यार्थीलाई अतिरिक्त शैक्षिक क्रियाकलापमा सहभागि गराउँने लगायतका कार्यक्रम सञ्चालन गरिने स्थानीय तहहरुले बताएका छन् ।