बाल उद्यानका लागि पुरानो चौताराको पुनः निर्माण

0
Shares

लमजुुङ । राइनास नगरपालिका– ३ को टिमुरे स्थित रावापातीमा बाल उद्यानका लागि पुरानो चौतारा मर्मत गरिएको छ । स्थानीय गाउँलेले श्रमदान गरी उक्त कार्य गरेका हुन् ।

स्थानीय युवा श्रीकृष्ण पौडेल, यमबहादुर बराकोटी, राजु अधिकारी सहितको अगुवाइमा सो कार्य गरिएको हो । ६/१० मिटर लम्बाई चौडाई र एक पेटी सहित निर्माण गरिएको चौतारा निर्माणका लागि सोही वडा निवासी रामबहादुर हमालले र कमलादेवी हमालले क्रमशः छ र तीन हजार रुपैयाँ सो काममा श्रमदान गर्न खटिएका गाउँलेलाई खाजाका लागि प्रदान गर्नु भएको स्थानीय राजु अधिकारीले बताउनु भयो ।

बाल उद्यान बनाउने क्षेत्र चार रोपनी रहेको सो वडाका अध्यक्ष स्वतन्त्र हमालले बताउनु भयो । उहाँका अनुसार आउँदो आर्थिक वर्षको वडा र नगरपालिकाको केही बजेटबाट बालउद्यानको काम अघि बढाउने सोचमा छौं । गाउँलेले चाहे भने कस्तो काम गर्न सक्छन् भन्ने यो राम्रो उदाहरण भएको उहाँले बताउनु भयो । त्यो चौतारा निर्माणका लागि सरकारीस्तरबाट पहल गरेको भए कम्तिमा पनि डेढ दुई लाख बजेट लाग्दथ्यो । यसमा नगद खर्च भनेको नौ हजारमात्र भएको छ ।

अन्य सबै श्रमदान हो हमालले बताउनु भयो । उहाँका अनुसार चौतारामा पुरानो बरको बोट मात्र रहेकोछ, त्यसमा पिपल वा समी यही वर्षा याममा रोप्ने कार्यक्रम छ ।