गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु

0
Shares

अनिल खत्री, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ ठाढुङ्गा निवासी ३५ ऐते सुनारको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताउनु भयो ।

मृतक सुनारको सव सोहि वडाकै सिदुरे सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ । सुनार असार १५ गते परिवारबाट सम्पर्क बिहिन थिए । सवलाई पोष्टमार्टकमको लागि गुल्मी अस्पताल तम्घासमा ल्याईदै छ ।