तिन तहको सरकार बिच सहकार्य अनिवार्य : मन्त्री पौडेल

0
Shares

अनिल खत्री, गुल्मी । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले तिन तहको सरकार बिच सहकार्य अनिवार्य रहेको बताउनु भएको छ । संघ प्रदेश र स्थानिय तह बिच सहकार्य भए सोचेको समृद्धि प्राप्त हुने मन्त्री पौडेलले बताउनुभयो ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना र जिल्ला सहकारी संघ गुल्मीको संयोजनमा जिल्ला सदरमुकाम तम्घासमा आयोजना गरेको कोष परिचालन तथा व्यवसायिक सहकारीता अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले सहकारीले गरिबीको रेखामुनी रहेका जनताको लागि ठूलो राहतको कार्य गरेको बताउनुभयो ।

उहाँले गरिब जनताले दुई चार हजार ऋण लिनको निम्ति निकै ठूलो मुल्य चुकाएर ऋण लिनुपर्ने व्यवस्थाको मुक्त सहकारीले गराएको बताउनुभयो । मन्त्री पौडेलले एक जना व्यक्ति लगानी गर्ने गाउँका जमिनदारलाई रिजाएर ऋण लिएर व्याज तिर्नु पर्ने र व्याज सहित अतिरिक्त शुल्क तिरेर ऋण पाउनु पर्ने व्यवस्थाको अत्य सहकारीले गरेको बताउनुभयो ।

धेरै राम्रो सहकारीमा रहेको र केहि कम्जोरी पनि रहेकाले सच्चीन जरुरी रहेको मन्त्री पौडेलले बताउनुभयो । प्रदेश सरकारले यो वर्ष आफनै कानुन बनाउने वर्षको रुपमा लिएर ३८ वटा कानुन सर्वसम्वत बनाएको बताउनुभयो । प्रदेश सरकार कानुन र अबको बिकास कसरी गर्ने भन्ने बारे सबैको सहभागितामा पञ्च वर्षिय योजना बनाइएको बताउनुभयो ।

उहाँले प्रदेश नम्बर ५ सरकार समृद्ध प्रदेश बनाउनको निम्ति नेपाल भरिको भुवनोट यहिँ रहेकाले उपयोग गरे समृद्ध प्रदेश बनाउने कल्पना पुरा हुने बताउनु भयो । कार्यक्रममा प्रदेश सांसाद खड्गा केसी, रेसुङ्गा नगरपायिलका गुल्मीका नगर प्रमुख डिल्लीराज भुसाल, चिया तथा कफि बिकास बोर्डका निर्वतमान निर्देशक शेषकान्त गौतम, कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख अम्मराज शर्माले सहकारीको माध्यमबाट परिचालन भए छोटो समयमा देशलाई माथी उठाउन सकिने बताउनु भएको थियो ।

उहाँहरुले सहकारी सहकारी कर्मी दरो भएर लाग्नु पर्नेमा जोड दिनुभयो । सहकारीले ऋण मात्रै परिचालन गर्ने, पैसा बचत गर्ने बानीको बिकास गर्ने, ऋण ल्याएर आफना कामहरु सम्पन्न गर्ने मात्रै काम सहकारीबाट भएकाले अब व्यवसयीक बन्नु पर्नेमा जोड दिनु भएको थियो ।

प्रदेश नम्बर ५ सरकार भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सहकारी ऐन २०७६ लागुभएपछि सहकारी कर्मीहरुबाट प्रदेश भित्रका सबै जिल्लाहरुबाट सुझाव संकलन गरिरहेको मन्त्रालयमा सहकारी बिभाग प्रमुख नरहरी पन्थीले बताउनु भयो । मन्त्रालयले सहकारी बिकास कोष कसरी अगाडी बढाउने यसको निर्देशिका नियावली कसरी बनाउने योजना अनुसार कार्यक्रम राखिएको पन्थीले बताउनु भयो ।
कोष परिचालन तथा व्यवसायिक सहकारीता अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित प्रदेश र स्थानिय तह मातहतका ३५ वटा वढि सहकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले सहकारी सम्बन्धी सुझाव दिएका थिए ।