प्युठानका स्थानीय तहले ल्याए बजेट

0
Shares

सलिम अन्सारी, प्यूठान । जिल्लाका नौ वटै स्थानीय तहले गाउँसभा तथा नगरसभामा आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गरेका छन्। स्थानीय तहको यो तेस्रो बजेट हो। यद्धपी उनिहरुले यस पटक पनि पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएका छन। आउँदो वर्षका लागी जिल्लाका सम्पूर्ण स्थानीय तहहरुको बजेट झण्डै ४ अर्ब बढीको छ।

प्यूठान नगरपालिकाले पाचौ नगर सभाबाट आउँदो आर्थिक बर्षका लागी ६४ करोड ५० लाख बरावरको अनुमानीत आय ब्यय प्रस्तुत गरेको छ। आगामी आर्थिक बर्षका लागी नगरपालिकाले पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थय, कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले बताउनुभयो ।त्यस्तै स्वर्गद्वारी नगरपालिकाको पाचौ नगर सभामा मेयर नेत्र बहादुर रोकाले आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५१ करोड ६५ लाख ९२ हजारको बजेट प्रस्तुत गर्नुभयो ।

त्यस्तै नौबहिनी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी ४६ करोड ८० लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । माण्डवी गाउँपालिकाले कृषि, पशुपालन, खरका छाना बिस्थापन गर्ने र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर २९ करोड ६६ लाख ४७ हजार बराबरको अनुमानित बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताउनुभयो ।

सरुमारानी गाउपालिकाले झण्डै ३४ करोडको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। उस्ले जिल्लामै नया कार्यक्रम टुहुरा वालवालिकालाई मासिक भत्ता र गाउँ प्रहरी भर्ना गर्ने लगायतका नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। दुई नगरपालिका सहित नौ स्थानिय तह रहेको प्युठानमा सवै भन्दा बढी बजेट प्युठान नगरपालिकाले ल्याएको छ भने सवै भन्दा कम बजेट माण्डवी गाउपालिकाले प्रस्तुत गरेको छ।

त्यस्तै गौमुखी,झिमरुक , ऐरावती गाउँपालिकाले पनि बजेट, नीति तथा कार्यक्रम ल्याएका छन । सबै जसो स्थानीय तहले खानेपानी, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, पर्यटनलाई प्राथमिकतामा राखेका छन ।