काभ्रेमा घुस लिएको आरोपमा शिक्षाका कर्मचारी पक्राउ

14
Shares

मोतिराम तिमल्सिना, काभ्रे । शिक्षा विकास समन्वय इकाई धुलिखेलमा कार्यरत सव इञ्जिनियर धनवीर भगत घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले सव इञ्जिनियर भगतलाई १ लाख ५० हजार घुस लिएको आरोपमा आज मंगलबार नियन्त्रणमा लिएको हो । शिक्षा विभाग सानोथिमिमा दरवन्दी रहेका सव इञ्जिनियर भगत मण्डनदेउपार नगरपालिका र महाभारत गाउपालिकाको १७ वटा विद्यालयको मर्मत कार्य हेर्दै आएका थिए ।

घुस नलिई काम नगरिदिएको गुनासो आएपछि अख्तियारबाट एसपीको नेतृत्वमा टोलि काभ्रे आएको थियो । सव इञ्जिनियर भगतले आफ्ना सहयोग शिक्षाकै पुर्व कर्मचारी निरजकुमार चौधरी मार्फत घुस रकम लेनदेन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उनले घुस बापतको आफ्नो बैक खातामा जम्मा गराउन लगाएका थिए ।