सडकमा हाम्रो नगर

0
Shares

सडक नाटक हाम्रो नगर मञ्चन गरिएको छ। नागर्जुन नपा–२ को ढुंगेधारा वनस्थलीमा सडक नाटक हाम्रो नगर मञ्चन गरिएको हो।
नागर्जुन नगरपालिका–२ को सहयोगमा, आश्रय नेपालको प्रस्तुति, प्रतिभा गु्रपद्वारा प्रस्तुत सडक नाटक मञ्चन गरिएको हो।

निर्देशक रामकाजी घिमिरेले निर्देशन गरेको हाम्रो नगर सडक नाटकमा कमल मैनाली, सरिता राजोपाध्याय, विश्वदीप घिमिरे, जयराम सापकोटा, गायत्री पाण्डे, गीता थापा, शशि बुढाथोकी र रामकाजी घिमिरेले अभिनय गरेका थिए।

नागर्जुन नगरपालिकालाई शान्ति विकास, बालमैत्री र उद्यमशील नगरपालिकामा रूपान्तरण गर्नका लागि नगरबासी र नगर प्रतिनिधि सबै एकजुट भएर लागौं, नेपालकै नमुना नगरपालिका बनाऔं भन्ने उद्देश्यका साथै नगरबासीहरूको आयआर्जनमा घरमा कौसी, बार्दली, बगैंचामा तराकारी बाली लगाई आयआर्जनमा वृद्धि गरौं र एकले अर्कालाई मद्दत गर्ने बानी बसाल्दै नगरको विकासका काम र सरसफाइमा सबैको समान सहभागिता जनाउन अभिप्रेरित गर्न सकियोस् भनेर सडक नाटक प्रस्तुत गरिएको हो।

आगामी वर्ष यो नाटकलाई नगरको सबै वडामा प्रर्दशन गरी स्थानीय जनतालाई नगरको विकासमा सचेत गराउने आश्रय नेपालका राजेन्द्र पोखरेलले जानकारी गराए।