सिनामंगल माइक्रोबस दुर्घटनामा १६ जना घाइते


काठमाडौं । सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परि १६ जना घाइते भएका छन् ।

मंगलबार बिहान ४ः५० बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा ठोक्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् ।