दैनिक १० लाखसम्म अनलाइनबाटै भुुक्तानी गर्न सकिने


नेपाल समाचारपत्र, काठमाडौं
अब शेयर कारोबार गर्दा दैनिक १० लाख रुपिया“सम्म अनलाइनबाट भुुक्तानी गर्न सकिने भएको छ । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको कनेक्ट आईपीएस सेवा मार्फत बैंक खातावालाले शेयर किन्दा हरेक दिन १० लाख रुपिया“सम्म अनलाइन प्रणालीबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको नेपाल स्टक एक्सचेन्जले जनाकारी दिएको छ ।

नेप्सेको भुक्तानी प्रणालीमा नेपाल क्लियरिङ हाउस र ४ वटा क्लियरिङ बैंकको प्रणाली मात्र एकीकृत भएको छ । नेप्से अनलाइन कारोबार प्रणालीलाई नेपाल क्लियरिङ हाउसस“ग आबद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थामा अनलाइन मार्फत रकम हस्तान्तरण गर्ने प्रणालीको विकास मात्र भएको जनाइएको छ । शेयर बजारमा अनलाइन प्रणालीबाट कारोबार गर्नेको संख्या १४ दशमलव ४६ प्रतिशत मात्र रहेको पाइएको छ ।

चालू आर्थिक वर्षका १० लाख ६ हजार ३८६ को संख्यामा शेयर कारोबार भएकोमा १ लाख २४ हजार ६१७ वटा कारोबार मात्र अनलाइन प्रणालीबाट भएको छ ।

शेयर बजारमा १५ लाखभन्दा बढी लगानीकर्ता रहेको अनुमान भए पनि दोस्रो बजारमा शेयर कारोबार गर्ने लगानीकर्ता जम्मा २ लाख ९४ हजार मात्र रहेका ो छन् । तीमध्ये ११ हजार २४६ जनाले मात्र आफ्नो विवरण ब्रोकर कम्पनीमा अपडेट गराएका छन् । चालू आर्थिक वर्षको हालसम्म ७७ अर्ब ७४ करोड ७ लाख रुपिया“ बराबरको शेयर कारोबार भएकोमा अनलाइनबाट १० अर्ब ६० करोड ६४ लाख रुपिया“ बराबरको शेयर कारोबार भएको छ ।