शेयर कारोबारमा उच्च गिरावट


काठमाडौं, (नेस)
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार २ दशमलव ८६ अंकले घटेर १२ सय ४२ दशमलव शून्य ३ को बिन्दुमा झरेको छ ।

१ सय ६८ कम्पनीको १२ लाख २१ हजार ४ सय कित्ता शेयर ३७ करोड ४७ लाख २५ हजार रुपिया“ बराबरको कारोबार भएको छ । यो अघिल्लो दिनको तुलनामा २७ करोड ३ लाख रुपिया“ बराबरले घटेको छ । यस दिन सबैभन्दा बढी नेपाल बैंकको कारोबार भएको छ । यस बैंकको २ करोड ६२ लाख रुपिया“ कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कमाउनेमा सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन्। यस कम्पनीको शेयर मूल्यमा ४ दशमलव ८७ प्रतिशतले बढेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य ४ दशमलव ८१ प्रतिशत र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर ४ दशमलव ७२ प्रतिशतले बढेको छ ।

गुमाउनेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता अगाडि रहेका छन् । यस कम्पनीको शेयर मूल्यमा ४ दशमलव ९८ प्रतिशतले घटेको छ । यस दिन कारोबार भएको ११ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने ७ वटा समूह घटेका छन् । ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसूचक पनि शून्य दशमलव ७२ अंकले घटेर २ सय ६८ दशलमव ५२ अंकमा झरेको छ ।