सिटी एक्सप्रेसमार्फत विदेशबाटै सामसङको टिभी किन्न मिल्ने


सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिले आप्mनो ग्राहकलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न नेपालका लागि सामसङ उत्पादनहरुको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिस“ग साझेदारी गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट चन्द्र टण्डन र हिम इलेक्ट्रोनिक्स प्रालिका तर्फबाट प्रभाकर शम्शेर थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार कतार, साउदी, कुवेत र मलेसियामा रहेको सिटी एक्सप्रेस मनी ट्रान्स्फरको काउन्टरमा गएर पैसा जम्मा गरेपछि नेपालमा रहेका परिवार र आफन्तजनले सोही देश बराबरको एमआरपीमा टिभी खरिद गर्न सक्नेछन् साथै अन्य देशभर रहेका सिटी एक्सप्रेस मनी ट्रान्स्फरका काउन्टरबाट पनि यस सेवा उपलब्ध गराउने योजना रहेको बताइएको छ ।