कर्णाली प्रदेशमा पनि टेलिकमको एफटीटीएच सेवा


नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटीटीएच सेवा कर्णाली प्रदेशमा पनि शुरु भएको छ । सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले एफटीटीएच प्रविधिमार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवाको शुभारम्भ गर्नुभयो । सोही फोनमा सञ्चालित इन्टरनेट सेवा मार्फत सो कार्यक्रमको भिडियो स्थानीय टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्नु हु“दै मन्त्री भण्डारीले विज्ञान र प्रविधिको विकासले विश्वलाई एउटा गाउ“मा परिणत गरेको र मानव जीवनलाई सहज बनाएको बिचार व्यक्त गर्नुभयो । नेपाल टेलिकमको काम सह्राहनीय भएको उल्लेख गर्दै यसबाट डिजिटल नेपालको अवधारणा साकार पार्न ठूलो सहयोग पुग्ने अपेक्षा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आफ्ना भनाइ राख्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीका सेवा देशका कुनाकाप्चासम्म पु¥याई सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनी प्रयासरत रहेको बताउनुभयो ।

उहा“ले कम्पनी कर्णाली प्रदेशमा अत्याधुनिक र गुणस्तरीय सञ्चार सेवाका विस्तारमा लागिरहेको र यसका लागि महत्वपूर्ण योजनाहरु सञ्चालनमा रहेका बताउ“दै त्यसमा कर्मचारी लगायत स्थानीय प्रशासन र प्रदेश सरकारबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । ५ सय १२ लाइन क्षमताका दुई थान फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडीसी) जडान गरी कुल १ हजार २४ लाइन नेटवर्क क्षमताका साथ शुरु भएको सो सेवाको वितरण शुरु भइसकेको छ ।