महिन्द्राको ‘मनसुन सर्भिस क्याम्प’


नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटो वर्कसले मनसुन सर्भिस क्याम्प सञ्चालन गर्न लागेको छ । ‘मनसुन सर्भिस क्याम्प’ असार १८ देखि २० गतेसम्म सञ्चालन गरिने छ ।

मनसुन सर्भिस क्याम्पमा महिन्द्रा गाडीका सम्पूर्ण रेन्जका चार पाङगे्र गाडीलाई विभिन्न ३० चेक प्वाइटमा दक्ष प्राविधिकले जा“च गर्नेछन् ।यो योजनामा सम्पूर्ण ग्राहक तथा ड्राइभरलाई स्पेयर पार्ट्स, लुब्रिकेन्ट तथा श्रमिक मूल्यमा १० प्रतिशत छुटको व्यवस्था साथै निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

यो विशेष मौकामा कम्पनीले क्वान्टो, जाइलो र लोगन गाडीको स्पेयर पार्ट्स, तथा एक्सेसरिजमा छुटको व्यवस्थासमेत गरेको छ ।