जनता बैंक नेपालले एकै साथ छ शाखा थप्यो


जनता बैंक नेपालले एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी ६ वटा शाखाको उद्घाटन गरेको छ । बैंकले नया“ ठिमी भक्तपुर, पाटन सुन्धारा, कीर्तिपुर काठमाडौं, फिदिम पा“चथर, मन्थली रामेछाप र डुम्रे तनहु“मा नया“ शाखा खोलिएको हो ।

मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गर्नुभयो । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कु“ंवर क्षेत्रीले बैंकको बारेमा मन्तब्य राख्नुभएको थियो ।

यसैगरी फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङ, डुम्रे शाखाको बन्दीपुर गाउ“पालिकाका अध्यक्ष श्री पूर्णसिंह थापा, पाटन सुन्धारा शाखाको बैंकका सञ्चालक रामबहादुर भण्डारी, ठिमी शाखाको बैंकका सञ्चालक सञ्जिब न्यौपाने र कीर्तिपुर शाखा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले उद्घाटन गर्नुभयो ।

तनहु“को डुमेमा शाखा उद्घाटनस“गै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बृहत् निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ । जनता बैंकले १३५ शाखा, ५० शाखारहित बैंकिङ, १ सीमित बैंकिङ इकाई, ३ एक्सटेन्सन काउन्टर तथा १०३ एटीएममार्फत बैंकिङ सेवा दि“दै आएको छ ।