एडगुरु पौडेल सम्मानित


काठमाडौं, (नेस)
चलचित्र विकास बोर्डले एड गुरु निर्मलराज पौडेललाई फिचर मुभि र विज्ञापनका क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याकंन गर्दै विशिष्ट योगदान सम्मानबाट सम्मानित गरेकोछ ।

चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडांैमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बा“स्कोटा र बोर्डका अध्यक्ष केशव भट्टराईले एड गुरु निर्मलराज पौडेललाई सम्मानित गर्नुभएको हो ।

पौडेलले लामो समयदेखि नेपाली विज्ञापन र विज्ञापन चलचित्र निर्माण क्षेत्रमा निरन्तर पु¥याएको योगदान र यसको श्रीवृद्धिमा खेलेको उल्लेखनीय भूमिकाको स्मरण र कदर गर्दै सम्मान प्रदान गरेको चलचित्र विकास बोर्डले जनाएको छ । नेपाली विज्ञापन क्षेत्रमा पौडेल विगत तीन दशकदेखि क्रियाशील रहनुभएको छ । उहा“ नेपाल विज्ञापन संघको पूुर्वअध्यक्ष पनि हुनुहुन्छ ।

पौडेल वेलकम एड्भरटाइजिङ एन्ड मार्केटिङ प्रालिका अध्यक्ष हुनुहुन्छ । पौडेलले तीन दशक लामो व्यावसायिक यात्रामा ५०० भन्दा बढी विज्ञापन र विज्ञापन चलचित्र निर्माण गरिसक्नु भएको छ ।