संरक्षण गर्न वन्यजन्तुको अनुसन्धान शुरु


सलिम अन्सारी, प्यूठान ।
प्युठानमा लोपोन्मुख वन्यजन्तुहरुको संरक्षणका लागि अनुसन्धान गर्न थालिएको छ । जिल्लाको सबैभन्दा अग्लो चुली कोठिभीर आसपासका बन क्षेत्रमा गत जेठ २१ देखी १४ वटा ट्राप क्यामेरा जडान गरी बन्यजन्तुको अनुसन्धान शुरु गरिएको हो ।

४ अनुसन्धानकर्ता सहित ७ जनाको टोली बन्यजन्तुको अनुसन्धानका लागि खटिएको छ । जिल्ला वन कार्यलाय प्यूठानले लोपोन्मुख वन्यजन्तु संरक्षण गर्न नौ बहिनी १ स्याउलिवाङ स्थित कोठी लेक क्षेत्रमा बन्यजन्तु संरक्षणकर्मीहरुको टोलीले अनुसन्धान कार्य गरिरहेको बताएको छ । स्थानियका अनुसार कस्तुरी, हाब्रे, थार लगायतका वन्यजन्तुहरु वनमा पाइने भनिएपनि, वन्यजन्तुहरुको अनुसन्धान हुन नसक्दा उक्त क्षेत्रमा के कस्ता वन्यजन्तु छन्, एकिन हुन नसकेको वन्यजन्तु अनुसन्धानकर्ता चिरन्जिबी खनालले बताउनुभयो ।

जंगलमै क्यामेरा जडान गरि बन्यजन्तुको अनुसन्धान गरिरहेका छौँु उहाले भन्नुभयोु ुअनुसन्धान प्रक्रीया अन्तिम चरणमा पुगेको छ।ु प्रस्ताबित गौमुखी संरक्षित वनक्षेत्र अन्तर्गत पर्ने यो भेगमा अहिले सम्म घोरल, डाँफे,राते,गिद्ध,कस्तुरी लगायतका बन्यजन्तुहरु भेटिएको खनालले जानकारी दिनुभयो। आधुनिक प्रविधि क्यामरा ट्रापिङको प्रयोग गरी अनुसन्धान गर्न लागेको अनुसन्धान टोलीको नेतृत्व गर्नु भएको वन्यजन्तु अनुसन्धानकर्ता चिरन्जिबी खनालले बताउनुभयो ।

जैविक विविधतायुक्त यो क्षेत्र संरक्षित र लोपोन्मुख वन्यजन्तु र जडीबुटी रहेको स्थान समेत हो । बाग्लुङको ढोरपाटन शिकार आरक्ष संग जोडिएको यो बनक्षेत्रमा कस्तुरी, मृग, चरीवाघ, चितुवा, रेड्पाण्डा, घोरल, गिद्ध, कालिज जस्ता दुर्लभ एवं लोपोन्मुख जिवजन्तु तथा चराचुरुङ्लिे वासस्थानको रुपमा प्रयोग गरेको स्थानियको दावी छ । रोल्पा बाग्लुङसँग सिमाना जोडीएको यो क्षेत्रले वन्यजन्तुको थुप्रै सम्भावना बोकेको ठाउँ हो, घोरल, डांफे प्राय यहाँको वन क्षेत्रमा देखिन्छ, स्थानियहरुले गोठ सार्ने चलन रहेको यस क्षेत्रमा भेडा, बाख्रा, गाई, भैंसी वन क्षेत्रमै बसोबास गरेर पाल्ने रहेको हुँदा वनमा मानिविय चाप धेरै रहेको र वनमा चाप बढ्न पनि थालेको अनुसन्धानकर्ता खनालले बताउनुभयो ।

जिल्लाको सबै भन्दा उचाइमा रहेको कोठी लेक ३ हजार ६ सय मिटर भन्दा उचाइमा अवस्थित छ । जिल्ला वन कार्यलयले पहिलो पटक बन्यजन्तुको अनुसन्धानका लागी क्यामरा प्रविधिको प्रयोग गरेको हो। वन्यजन्तुहरु संख्याको नतिजा आउन केही समय लाग्ने अनुसन्धानकर्ता खनालले जानकारी दिनुभयो ।