करौडौं रकम भ्रष्टाचार गरेको आरोपमा परेका सशस्त्रका पूर्व आईजीपीसहति २२ जनालाई सफाई

0
Shares

काठमाडौं, भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व आईजीपी सहित २२ जनालाई विशेष अदालतले सफाई दिएको छ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलासले २०७२ मा दायर यो मुद्दामा सोमबार सबै प्रतिवादीलाई सफाई दिएको हो ।

सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बाशुदेव वली र सनतकुमार बस्नेतसहित २२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा २०७२ सालमा मुद्दा दायर गरेको थियो।

प्रतिवादीहरूले सामान खरिद, बिल भरर्पाई तथा ठेक्कापट्टामा करोडौँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले मुद्दा दायर गरेको थियो।

विशेषका अध्यक्ष रेग्मीसहित द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले ुमिसिल संलग्न कागज र प्रमाणबाट भ्रष्टाचार भएको भन्ने आधार नदेखिएको फैसला गर्दै प्रतिवादीहरूलाई सफाई दिएको हो।

२०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो।