डोटीको सेती नदीमा बगेर एकजना बेपत्ता

0
Shares

विमल विष्ट, डोटी । सेती नदिमा नुहाउने क्रममा आज सोमवार दिउसो बगेर एकजना बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडान. ७ बस्ने ४० वर्षीय चक्र कुन्जेडा रहेका छन् ।

दिपायलसिलगढी नगरपालिका वडान. ४ स्थित सेतीनदीमा आफन्तको मलामी आएको बेलामा सेती नदिमा नुहाउने क्रमममा कुन्जेडा बगेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले जानकारी दिनुभयो । सेतीमा बगेर बेपत्ता भएका निज कुन्जेडाको अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानियले खोजी कार्य गरीरहेका छन् ।

सेती नदिमा पानीको बहाब बढी भएको तथा धमिलो पानी भएका कारण खोजी कार्यमा समस्या भैरहेको प्रहरीले जनाएको छ । गर्मि मौषम सुरु भएका कारण सेती नदीमा नुहाउन जानेबढी भएका कारण स्थानियहरु बगेर बेपत्ता हुने गरेका छन् । गएको जेठ महिना देखी अहिले सम्म सेती नदीमा बगेर ५ जनाको ज्यान गईसको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।