संखुवासभामा विप्लव माओवादी र प्रहरीबीच गोली हानाहान

0
Shares

काठमाडौं । संखुवसभामा प्रहरी र विप्लव माओवादी समूहबीच गोली हानाहान भएको छ । नियमित गस्तीमा निस्केको प्रहरी टोलीमाथि बिप्लव समुहका कार्यकर्ताले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । गोली हानाहामा दुबै तर्फ मानवीय क्षती भने भएको छैन । ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको सात जनाको टोली र सशस्त्र प्रहरी बलको १० जनाको टोलीमाथि सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।