दीपेन्द्र गजुरेल, स्पेन । चितवन समाज स्पेनको पाँचौ अधिवेशनबाट राजु शम्शेर थापा सर्वसम्मतबाट निर्वाचित भएका छन्। आईतवार बार्सिलोनामा भएको समाजको निर्वाचनबाट थापा विजयी भएका हुन् ।
उक्त निर्वाचनबाट उपाध्यक्षमा जिवलाल खरेल, राज सापकोटा सचिवमा विनय अधिकारी कोषाध्यक्षमा ज्ञानु बस्नेत सहसचिवमा सुरेन्द्र लामिछाने, सदस्यहरूमा धुब्र भट्ट,दुर्गा रेग्मी,सुदिप रिमाल लगायत १५ जनाको कार्यसमिति चयन भएका छन् ।
अध्यक्ष थापा एनआरएनए स्पेनको कार्यालय स्थापनार्थ संयोजकको भुमिका निर्वाह गर्दै आएका थिए । आफ्नो कार्यकालमा कार्यालय खोल्न अहोरात्र लागि परेर नेपाली समुदायको छलफल गर्ने एउटा निश्चित स्थान भएको बार्सिलोनाबासी नेपाली बताउँछन् ।
थापाले स्पेनमा बस्ने चितवन घर भइ समाजमा आवद्ध भएका सबैलाई स्पेन भित्र रहेका विभिन्न प्रान्तमा बसोबास गर्नेहरूलाई समेत समेटेर लैजाने बताउनुभयो । सबै नेपालीलाई आप्पती विप्पती भैइपरि आउने अप्ठ्यारो स्थितिमा सबैले हात्तेमालो गर्दै एकताबद्ध भएर स्पेनमा भएका सबै संघ संस्थाहरू संग सद्भावपुर्ण व्यवहार गरी अघि बढ्नुको विकल्प नभएको समेत बताउनुभयो ।
थापा एनआरएनए स्पेनका निवर्तमान उपाध्यक्ष एवम् वर्तमान कार्यसमिति सल्लाहकार समेत रहेका छन् । १४ वर्ष देखी बार्सिलोना बस्दै आउनुभएका थापा रेस्टुरेन्ट ब्यवसायी समेत हुन ।
प्रतिक्रिया