प्रहरीद्वारा हजारौ मुल्यको अवैध मदिरा नष्ट

0
Shares

विमल विष्ट, डोटी । ईलाका प्रहरी कार्यालय बिपिनगरको प्रहरी टोलीले जिल्लाको बडीकेदार गाउँपालिका बिभिन्न क्षेत्रमा बिक्रिकालागि राखेको अबैध अर्थात जिल्लामा प्रतिबन्धित मदिरा नष्ट गरेको छ ।

उक्त गाउँपालिकाको बिभिन्न स्थानमा पक्राउ गरेको हजारौ मुल्य बराबरको अबैध मदिरा नष्ट गरीएको ईलाका प्रहरी कार्यालय बिपिनगरका प्रमुख तथा प्रहरी निरिक्षक भरत चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामै बिक्रिबितरणमा प्रतिबन्धित गरिएको ठेउका रक्सि बिक्रिका लागि राखेको हाम्रो प्रहरी टोलीले सुईको पाएपछि हामीले बरामदगरी नष्ट गरेका छौँ ।” प्रहरीले अबैध रुपमा बिक्रिबितरणका लागि स्थानिय व्यापारीले राखेकोे १० पेटी ओरेन्ज नामक ठेउका मदिरा नष्ट गरेको हो । जिल्लामा बिक्रिबिरणका लागि उक्त कमसल खालको मदिरा बिगत ५ वर्षदेखी बन्द गरिएको छ । प्रहरीले बरामद गरी नष्ट गरेको उक्त मदिरा करिब २० देखी ३० हजार मुल्य बराबर भएको बिपिनगरका स्थानिय रोजबहादुर कललेले बताउनुभयो ।

मदिरा बिक्रि बितरण गर्ने ईजाजत पत्र नलिई बिक्री बितरण गर्न राखिएको उक्त कमसल खालको मदिरा बडीकेदार गाउँपालिकाका बिभिन्न पसलहरुबाट बरामद गरि बडीकेदार गाउँपालिकाका जनप्रतिनिधी, स्थानियबासी,उपभोक्ता समितिका पदाधिकारी,सरकरी कर्मचारी तथा पत्रकारको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय बिपिनगरका प्रमुख तथा प्रहरी निरिक्षक चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा बिक्रि बितरणकालागि बन्देज गरिएको मदिरा बिना इजाजत पत्रका व्यापारीले बिक्रि बितरणकालागि राखेको हामीले पायौँ,पक्राउ गरेर नष्ट गरेकाछौँ ।”

पछिल्लो समय जिल्लामा प्रहरीले मदिरा बिरुद्ध चेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिरहेको भएपनि स्थानियले त्यसको वास्तानै नगरी प्रतिबन्धित तथा अबैध मदिरा बिक्रि बितरण गर्नथालेकाले कार्वाहि तथा चेतावनी स्वरुप मदिरा तथा मदिरा उत्पादन गर्ने सामाग्री बरामदगरी नष्ट गरिन लागिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी मदिरा बन्द गर्ने अभियान चलाइ रहेकाछौँ,व्यापारीहरु लुकी छिपी अबैध मानिएको मदिरा बिक्रि गर्नथालेपछि नष्ट गर्नै पर्ने अवस्था आयो ।”

जिल्लामा प्रहरीले पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिहरु, सञ्चारकर्मी, सामाजिक संघ/संस्थाका प्रतिनिधिहरु सँग छलफल गर्दै अबैध मदिरा नियन्त्रण कार्य गरिरहेको छ । प्रहरीले जिल्लामा बिक्रि बितरण हुने अबैध मदिरा नियन्त्रणकालागि सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना संकलन गर्ने काम गरी रहेको छ । सादा पोसाकमा खटिएका प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीले अबैध मदिरा उत्पादन गर्ने भट्टि तथा पशलमा छापा मार्ने र मदिरा बरामद गर्ने गरीरहेको छ ।

मदिराका कारण सवारी दुर्घटनामा बृद्धि, घरेलु तथा लैङ्गिक हिंसाका घटना बढी हुने र जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने गरेकोले उक्त मदिरा नियन्त्रणको अभियानमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी बिद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा हुने अधिकांस घटनामा मदिरा प्रमुख कारण बनेकोले हामी मदिरा बन्द गर्ने अभियानमा छौँ ।”

मदिरा सेवन तथा बिक्रि बितरणमा नियन्त्रण गरेपछि जिल्लामा हुने अपराधिक क्रियाकलापमा केही कमि आएको जिल्ला प्रहरी कार्यालय डोटी प्रहरीको दाबी छ ।