हत्या गरी फरार भएका तीनजना सार्वजनिक


काठमाडौँ । भक्तपुरमा आइतबार सावित्री भट्टराईको हत्या गरी फरार भएका भनिएका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरी स्रोत अनुसार उनीहरूलाई विभिन्न ठाउँबाट आइतबार राति पक्राउ गरिएको हो । चाँगुनारायण नगरपालिकाको बाँसबारीमा दिउँसो तीनजनाले ६० वर्षीय सावित्रीको हत्या गरेका थिए ।

प्रहरीले आज मृतककी छोरी ईश्वरी भट्टराई सहित चारैजनालाई सार्वजनिक गरेको छ । प्रहरीले मोहम्मद नौसाद, अर्जुनकुमार भन्ने भोला कुमार, मोहम्मद रहिसलाई आज बिहान सार्वजनिक गरेको हो ।

मृतककी छोरी ईश्वरी भट्टराईको मोहम्मद नौसादसँग सम्बन्ध रहेको र मृतकले थापा आएपछि छोरीले नै १२ लाखको सुपारी दिएर आमाको हत्या गराएको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतककी छोरी बाहेकका तीनैजनाले हत्या आरोप स्वीकारेका छन ।