सर्लाहीमा प्रहरी र प्रर्दशनकारीबीच झडप, एक जनाको मृत्यु, ८ प्रहरीसहित ३ प्रर्दशनकारी घाइते

0
Shares

नेपाल समाचारपत्र, सर्लाही।

सर्लाही, सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्डोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका थिए ।

शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुवेर मृत्यु भएको थियो । खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले राजमार्ग अबरुद्ध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

झडपमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।