भक्तपुरमा एक महिलाको घाँटी रेटी हत्या

0
Shares

भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–७ विद्युत् तालिम केन्द्र नजिक डेरामा बस्दै आएकी एक महिलाको घाँटी रेटी हत्या भएको छ ।

छोरीको घरमा बस्दै आएकी सिन्धुपाल्चोक बाँडेगाँउकी ६० वर्षीय साबित्री भट्टराईको अपरिचित समूहले हत्या गरेको हो ।

प्रहरीका अनुसार धारिलो हतियारले घाँटीमा प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।