धादिङ दुईवटा माइक्रोबस ठोकिएः २ जनाको मृत्यु, ३२ घाइते

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २० वर्षकी एक युवती रहेकी छन् । उनीहरुको शव गजुरी अस्पतालमा रहेको छ ।

दुर्घटनामा तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं रेपर गरिएको छ प्रहरीले जनाएको छ ।