स्वास्थ्य केन्द्रको भवन शिलान्यास

188
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिका ८ स्थित बसेरीमा स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३८ लाख रुपियाँ बजेटमा बन्न लागेको स्वास्थ्य केन्द्र भवनको आइतबार प्रदेश सांसद सरेश नेपालले शिलान्यास गर्नुभयो ।

स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्दै सांसद नेपालले स्वास्थ्य केन्द्र बनेपछि बसेरी र आसपासका स्थानीयको स्वास्थ्य सेवामा पहुँच बढ्ने बताउनुभयो ।

‘भवन बनेपछि यहिँबाट स्वास्थ्य सेवा प्रवाह हुन्छ, यस भेगका स्थानीयले गाउँमै स्वास्थ्य सेवा पाउँनेछन्’, उहाँले भन्नुभयो । भवन निर्माणसँगै बसेरी स्वास्थ्य केन्द्रका लागि आवस्यक जनशक्ति व्यवस्थापनका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

आगामी मंसिरसम्म ४ कोठे पक्की भवन निर्माण सम्पन्न भइ स्वास्थ्य सेवा प्रवाह गरिने बलेफी गाउँपालिका ८ का वडाध्यक्ष चरिबहादुर तामाङले बताउनुभयो ।
बसेरीमा स्वास्थ्य केन्द्र निर्माण भइसकेपछि वडावासीका लागि स्वास्थ्यसेवामा सहजता हुने उहाँले बताउनुभयो ।

‘सामान्य बिरामी पर्दा समेत लामोसाँघु झर्नुपर्ने अवस्था छ, बसेरीमा भवनसहित स्वास्थ्यकेन्द्र निर्माण भइसकेपछि स्थानीयलाई सहज हुनेछ’, उहाँले भन्नुभयो ।