हाँस्य टेलिश्रृङ्खलाको फड्को, एकै बारका तीन टेलिश्रृङ्खला ट्रेण्डिङमा


काठमाडौँ ।
पछिल्लो समय नेपाली टेलिश्रङ्खालाहरुलाई दर्शकहरुले धेरै नै रुचाउने गरेको पाईएको छ । एउटै बारमा तीन वटा टेलिश्रङ्खालासंगसंगै प्रशारण हुँदा पनि तीन वटै ट्रेण्डिङमा पर्न सफल भएका छन् ।

अर्जुन घिमिरे(पाँडे) र कुमार कट्टेल(जिग्री) को लेखन तथा निर्देशन रहेको शुक्रबार नेपाल टेलिभिजनमार्फत प्रशारण हुने हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’ र नेत्र राउत(तिखे) को लेखन तथा निर्देशन रहेको सोहि टेलिभिजनबाटै प्रशारण हुने भाईब्स क्रियशनको प्रस्तुती हाँस्य टेलिश्रृङ्खला ‘गोलमाल’ टे«ण्डिङमा पर्न सफल भएको छन् । यसका साथै कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने शिव शर्माको लेखन तथा ईनद्र डोङ लामो निर्देशनमा रहेको हाँस्य टेलिश्रृङ्खला ‘हर्के हल्दार’ पनि ट्रेण्डिङमा पररेको छ ।

हाँस्य टेलिश्रृङ्खला ‘गोलमाल’ का निर्देशकका निर्देशक राउत हाँस्य टेलिश्रृङ्खला ‘रिसानी माफ’ का लेखक पनि हुन् । गोलमाल टेलिश्रृङ्खला राउतले निर्देशन गरेको पहिलो टेलिश्रृङ्खलाबाटै ट्रण्डिङमा पर्न थालेको हो ।