विद्यालयबाट ५ थान कम्प्युटर चोरी


अर्जुन बोहरा, हुम्ला ।
हुम्लाको खार्पुनाथा गाउँपालिका ५ स्थित मानधारा माध्यमिक विद्यालयबाट ५ थान ल्यापटप सेट शुक्रबार राति चोरी भएको छ । विद्यालयमा प्राविधिक अन्तर्गत कम्प्युटर विज्ञान विषयको अध्यापनका लागि जडान गरिएको कम्प्युटर चोरी भएको विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीले बताउनु भयो ।

करिब रु २ लाख ५० हजार मूल्य बराबरको कम्प्युटरसहितका सामान चोरी भएको विद्यालयका प्रधानाध्यापक शाीले जानकारी दिनु भयो । कक्षा ८ देखि १० सम्म पढाई हुने कम्प्युटर विषयको बेसिक देखि डिप्लोमा स्तरसम्म पढाइ सुरु गर्ने उद्देश्यले विद्यालयमा जडान गरिएको कम्युटरसहितका प्राविधिक सामान चोरी भएपछि पढाइ प्रभावित हुने भएको छ ।

विद्यालय गाउँबाट टाढा रहेको र बिद्यालयमा कोही नबस्ने भएकाले शुक्रबार राति अज्ञात समुहले चोरी गरेकोे हुम्लाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् । विद्यालयको वाातावरण बारे जानकार व्यक्तिले नै चोरी गरेको हुनसक्ने विद्यालय प्रशासनले अनुमान गरेको छ ।

कार्यालय भित्र भएका अन्य कम्प्युटर र अन्य कुनै पनि सामान नचलाई ४ वटा ल्याप्टप मात्र चोरी भएको छ । शुक्रबार ४ बजे सबै शिक्षकहरु र विद्यार्थीहरु कार्यालय बन्द गरेर हिडेको शनिबार दिउसो बिद्यालय परीसर भित्र सौचालय निर्माण गर्ने कामदार काम गर्न जाँदा कार्यालयको ढोका खुलै भएको खबर पाएपछि विद्यालयलका प्रधानाध्यापकलाई जानकारी आएपछि थाहा भएको हो । त्यसपछि विद्यालय पुगेर हेर्दा कार्यालयको ढोकाको चाबि फोरेर ल्याप्टप निकालिएको खापुनाथ गाउँपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष एबं विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भिमराज शाहीले बताएका छन् ।