घरेलु मदिरा प्रतिबन्ध लगाउन मिल्दैनः मन्त्री केसी


यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले स्वदेशी मदिरा उद्योगलाई बढवा दिनुपर्ने बताउनु भएको छ ।
मदिरा व्यवसायी महासंघ प्रदेश ५द्धारा शनिवार बुटवलमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री केसीले विदेशी आयातित मदिरालाई निरुत्साहित गर्दै स्वदेशी मदिरा उद्योगहरुलाई बढवा दिनुपर्ने बताउनु भयो ।

विदेशी मदिराको अत्याधिक आयात बढेको भन्दै मन्त्री केसीले घरेलु मदिरालाई गुणस्तरयुक्त बनाउन सुझाव दिनु भयो । उहाँले प्रदेश सरकारले कानून निमार्णको काम गरिहेको भन्दै स्वदेशी मदिरा उद्योगलाई प्रोत्साहन गरिने बताउनु भयो । उहाँले घरेलु मदिरा संस्कारसंग जोडिएको भन्दै घरेलु मदिरालाई प्रतिबन्ध नलगाई विविधतायुक्त मदिरा बनाउन आग्रह समेत गर्नु भयोे । उहाँले टिमुर, स्याउ, अदुवा जस्ता विभिन्न फेवरका घरेलु मदिरा बनाएर विदेशीलाई स्वाद चखाउन सके नेपाली उद्योगको प्रबद्र्धन गर्न सकिने बताउनु भयो ।
कानुन झन्झटिलो रहेको स्वीकार गर्दै मन्त्री केसीले प्रदेश सरकारले स्पष्ट कानुन बनाएको बताउनु भयो । मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले घरेलु मदिरा नियन्त्रण गर्न माग गर्नु भयोे । उहाँले विक्रिका आधारमा मुल्य अभिबृद्धि कर लगाउनुपर्ने बताउनुु भयो ।

अर्का केन्द्रीय उपाध्यक्ष मृगेन्द्र गाविन्द श्रेष्ठले कानुनमा बर्षमा चार पटक गरी २० लिटर मात्र घरेलु मदिरा बनाउनुपर्ने नियम भएपनि यसैका आधारमा अबैध रुपमा घरेलु मदिरा उत्पादन भइरहेको बताउनु भयो । आन्तारिक राजश्व राजश्व कार्यालय बुटवलका कर अधिकृत हिमाल गौतमले राज्यले मदिरा व्यवसायीलाई गलत दृष्टिले नहेरेको स्पष्ट पार्दै अबैध मदिरलाई करको दायरामा ल्याउन व्यवसायीको सहयोग चाहिने बताउनु भयो । मदिरा व्यवसायी महासंघ प्रदेश नं. ५ का अध्यक्ष गिरीराज पौडेलेको अध्यक्षता, प्रदेश सचिव चिरञ्जीवि राउतको सञ्चालन तथा उपाध्यक्ष कृष्ण बरालको स्वागतमा कार्यक्रम भएको थियो ।