“एक नेपाली एक बिरुवा” अभियान, चार सय बिरुवा रोपियो


रसुवा ।
जिल्लामा सरकारको ‘एक नेपाली एक बिरुवा’ रोपन अभियान अन्तर्गत चार सय विरुवा रोपिएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका– ३ मा पर्ने पवीत्र धार्मिक तथा पर्यटकीय स्थल पार्वती कुन्ड मा लौठ, सल्लो लगायतका विभिन्न करिब चार सय बिरुवा शनिवार एक कार्यक्रमबीच रोपिएको हो ।

सरकारको एक नेपाली एक बिरुवा रोपण अन्तरगत डिभिजन वन कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय गाउँपालिका, सामुदायिक वन उपभोक्ता समिति, पार्वतिकुन्ड समरक्षण समिति, फेकोफन,वडा पालिका,लगाएत स्थानीयवासीको सहयोगमा बृक्षारोपण गरिएको थियो ।