मानिसको ज्यानै लिने विद्युतिय धराप


चिरञ्जीवी मास्क, दोलखा ।
नेपाल विद्युत प्राधिकरणले विद्युत प्रवाह भै रहेको विजुलीको तार जथाभावि छोड्ने र पोललाई सर्पोट गर्न तानेको तार विद्युत प्रवाह भै रहेको तारसंगैबाट तानेर जानि जानि विद्युतिय धराप थाप्ने काम गरेको छ । जसले मानिसको ज्यानै समेत लिएको छ ।

गत बुधवार भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवामा प्राधिकरणको लार्पवाहिबाट स्थानिय ४१ बर्षिय दुर्गा बुढाथोकीको ज्यान गएको घट्ना सेलाउन नपाउदै विरुवाकै अर्को ठाँउमा विद्युत प्रवाह भै रहेको तार भुईमा लार्पवाहि ढङ्गले छोडिदा त्यसमा परेर विहिवार कुकुर मरेको छ । नेपाल विद्युत प्राधिकरण दोलखाले लामो समयदेखि लार्पवाहि गर्दै आएको छ, लार्पवाहिले मानिसको ज्यानै जाँदा समेत उसले आफ्नो कम्जोरी सच्चाउने तर्फ चासो देखाएको छैन – नेपाल कम्युनिष्ट पार्टी नेकपा दोलखाका अध्यक्ष एवं तामाकोसी गाँउपालिकाका प्रमुख इश्वरचन्द्र पोखरेलले भने ।

जानि जानि लार्पवाहि गर्ने कर्मचारीलाई पक्राउ गरेर कार्वाहि गर्नु पर्ने अध्यक्ष पोखरेल बताउछन् । यो कम्जोरी हैन लार्पवाहि हो अध्यक्ष पोखरेलले भने – जानि जानि लार्पवाहि गर्ने कर्मचारीलाई सजाय हुनुपर्छ । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी पनि विद्युत प्राधिकरण दोलखाले जानि जानि लार्पवाहि गर्दै आएको बताउछन् । हामीले नगरपालिकाको बिभिन्न ठाँउमा जोखिममा रहेका विजुलीको पोलहरुको बारेमा पटक पटक जानकारी गराएका छौ तर प्राधिकरणले त्यसको सुधार गर्ने तर्फ ध्यान दिएन र मानिसको ज्यानै समेत गयो – नगरप्रमुख केसीले भने । प्राधिकरणले लार्पवाहि गरिरहने र मानिस, चौपाया र पशु पंक्षिको ज्यान गै रहने हो भने जनताले प्राधिकरणका कर्मचारीहरुलाई दण्डीत गर्ने नगरप्रमुख केसीले बताए ।

नेपाल विद्युत प्राधिकरण दोलखाका इन्जिनियर उमेश श्रेष्ठले भीमेश्वर नगरपालिका वडा नम्बर ५ विरुवामा विजुलीको तारमा विद्युत प्रवाह भै महिलाको मृत्यु भएको घट्नामा प्राधिकरणको कम्जोरी रहेको स्वीकार गरेका छन् । तर कमजोरी सच्चाउन भने चासो नदिएको स्थानियको आरोप छ ।

लोडसेडिङ हटाएर चर्चामा आएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत विद्युत प्राधिकरणको लार्पवाहि देख्न नसकेको भन्दै स्थानियले गुनासो गरेका छन् । दोलाखमा रहेको विजुलीका जिर्ण पोलहरु हटाउन माग गर्दा समेत प्राधिकरणका कर्मचारीहरुले आफुहरुसंग पैसा माग्ने गरेको स्थानियले आरोप लगाएका छन् ।

भीमेश्वर नगरपालिकाको नगरकार्यपालिका सदस्य रुपा भुजेल आफुले वडा नम्बर ५ मा रहेको ७९ वटा विजुलीको पोलमा २० भन्दा बढी पोल जिर्ण रहेको र कुनैपनि बेला अप्रिय घट्ना हुनसक्ने भनेर लिखित रुपमै प्राधिकरणमा जानकारी गराउदा समेत सुनवाई नभएको र आफुले जिर्ण र जोखिम भनेर जानकारी गराएको पोलमै छुईदा एक महिलाको ज्यान समेत गएको बताउछिन् । महिलाको ज्यान जादा समेत अझै प्राधिकरणले जोखिम पोल हटाउने र कार्यशैलीमा सुधार गर्ने कुरामा चासो नदेखाएको उनले बताईन ।