सल्यानमा भौगोलिकतालाई हेरेर एमएडको परीक्षा केन्द्र तोकिने

0
Shares

सरिता चलाउने, सल्यान । सल्यानमा यसबर्ष बाट संचालनमा आएको शिक्षाशास्त्र संकाय एमएड प्रथम सेमेस्टरको परिक्षाको लागी भौगोलीकतालाई हेरेर मात्र परिक्षा केन्द्र तोकीने भएको छ । यस बर्ष देखि त्रिभुवन बिश्व बिधालय बाट सम्बन्धन प्राप्त गरी संचालनमा आएका सल्यानका ४ वटा क्याम्पसमा परिक्षा केन्द्र भौगोलिक दृष्टिकोणलाई हेरेर मात्र परिक्षा केन्द्र तोकीने भएको हो ।

शिक्षाशास्त्र संकाय एमएड प्रथम सेमेस्टरको परिक्षा नजिकिदै गैरहेका बेला परिक्षा केन्द्र कहाँ राख्ने भनेर बिवाद देखिन थालेकाले भौगोलिक दृष्टिकोणलाई हेरेर मात्र परिक्षा केन्द्र तोकीने भएको छ ।

अहिले सम्म जिल्लामा कुनै पनि क्याम्पसमा डिग्री संचालन नभएकाले यस बर्ष बाट एकै साथ ४ वटा क्याम्पसलाई डिग्री संचालनका लागी अनुमति दिएकाले परिक्षा केन्द्रको लागी बिवाद गर्ने कारण नभएको त्रिभुवन बिश्व बिधालय शिक्षाशास्त्र संकायका डिन कृष्ण प्रसाद गौतमले बताउनु भयो । अनुगमनका क्रममा सल्यान आउनु भएका डिनले सम्बन्धन मागेर दिएकाले अहिले समस्या आयो भनेर कराउन नहुने बताउनु भयो ।

सल्यान बहुमुखि क्याम्पस सल्यानले शनिबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै डिन गौतमले यस्तो बताउनु भएको हो ।
उहाँले परिक्षा कन्द्रको लागी भौगोलिकता, बिधार्थि संख्या, भौतिक सुबिधा, सके सम्म दुर्गमका बिधार्थिलाई प्रथामिकतामा राखेर पायक पर्ने तरीकाले केन्द्र तोकीने बताउनु भयो । परिक्षा केन्द्रको लागी बिवाद गर्नुभन्दा सर्बसहमति बाट गए उत्तम हुने बताउनु भयो ।

उहाँले भन्नु भयो, पहिले डिग्रीको लागी सम्बन्धन माग्ने, अहिले समस्या आयो भनेर कराउने ? चार वटा क्याम्पसमा अनुमति दिएर गलत भयो भन्ने? पाठयपुस्तक भएन भनेर गुनासो गर्ने? पढने किताब भएन भन्ने लज्जास्पद कुरा हो, पुस्तक मात्र पढेर अध्यन हुदैन,मेहनत गरेर अध्यायन गर्नुहोस,

परिक्षा केन्द्रको लागी जिल्लाका सबै सरोकारवाला राजनीतिक दल, बुद्धिजिबी लगायतको सर्बसहमतिमा बैठक बसी सिफारिस गरेर त्रिभुवन बिश्व बिधालयमा पठाउन आग्रह गर्नुभयो ।

चार वटा क्याम्पसले सम्बन्धन प्राप्त गर्नुभनेको भाग्यको कुरा भएकाले सबैले डिग्री जस्ताको गरिमालाई बुझन डिन गौतमले आग्रह गर्नुभयो ।

शिक्षा क्षेत्र महत्वपुर्ण मेरुदण्ड भएकाले समस्या देखाउनु भन्दा पनि समस्याको समाधान खोज्न तर्फ लाग्नु पर्ने बताउनु भयो । सल्यानले क्याम्पसले डिग्री

संचालनको सम्बन्धन प्रप्त गर्नु गौरवको कुरा भएकोले परिक्षा केन्द्रको लागी विवाद गर्न नहुने बताउनु भयो । शारदा नगरपालीकाले शिक्षालाई जोड दिएकाले बिरोध भन्दा गुणस्तरीय शिक्षा सुधारको लागी बिधार्थिले नै मेहनत गर्नुपर्ने बताउनु भयो ।

सल्यान बहुमुखि क्याम्पस संचालक समीतिका चन्द्र प्रकाश वलिको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा सहायक डिन रबिकिरण अधिकारी, शिद्धकुमाख गाउापालीकाका उपाध्यक्ष पुष्पा कुमारी बोहरा, संचालक समीतिका सदस्य हेमेनद्रबाबु सेजवाल, मास्टर डिग्रीका कोडिनेटर, शेरजगं शाह लगायत स्वबिउ सभापति राम बहादुर केसी, बिधार्र्थि नेता राजेन्द्र भण्डारी लगायतले आफना भनाइहरु राख्नु भएको थियो ।