पत्रकारद्वारा विवाह खर्च कटाएर विद्यालयलाई सहयोग

0
Shares

पर्वत ।
आफ्नो विवाहको खर्च कटाएर पत्रकार अशोक पौडेलले विवाह खर्च कटाएर आफुँले अध्ययन गरेको विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । पौडेलले विवाह खर्च कटाएर पर्वतको कुस्मा नगरपालिका वडा नं ३ स्थित काफलचौर माध्यामिक बिद्यालयलाई ५० हजार १ सय ११ रुपैंया आर्थिक सहयोग गर्नुभएको हो । पत्रकार पौडेल राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेसविज्ञ समेत हुनुहुन्छ ।

विद्यालयमा कम्प्युटर शिक्षक राख्नका लागि सहयोग पुगोस भनेर ५० हजारबाट कोष स्थापनाको शुरुवात गरेको पौडेलले बताउनुभयो । विवाहको प्रितिभोजको अवसरमा बिहीवार उक्त रकम वडा अध्यक्ष तेजप्रसाद पाध्याको उपस्थितिमिा पौडेलका बुवा यामनाथ शर्माले विद्यालयका प्रधानाध्यापक लक्ष्मण गौतमलाई हस्तान्तरण गर्नुभयो ।

काफलचौर माध्यामिक विद्यालयमा कक्षा ६ देखी ८ सम्म कम्प्युटर शिक्षा अध्यापन हुँदै आएको छ । विद्यालयमा सुविधा सम्पन्न कम्यूटर ल्याब समेत रहेको छ तर गाउँमा अध्यापन गराउनका लागि कम्युटर शिक्षकको अभाव हुँदै आएका कारण प्रयोगात्मक कक्षा सञ्चालनमा समस्या हुँदै आएको छ । कोष स्थापनापछि आफुँले र अन्य इच्छुकले समेत त्यसमा सहयोग राशी थप्दै गएर भविश्यमा शिक्षकको तलब खुवाउने समस्या नहोस भन्ने उद्देश्य राखिएको पौडेलको भनाई छ । ‘कोषको शुरुवात मैले गरेपनि उक्त कोषमा देश विदेशमा रहनुभएका सबैले यस्तै पर्वहरुमा सहयोग गरेर कोषबृद्धि गर्ने अपेक्षा लिएको छु ।’

कोष स्थापनााट कम्प्युटरको सैद्धान्तिक तथा प्राविधिक पठनपाठनका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने, कम्प्युटर ल्याबलाई व्यवस्थित बनाउन आवश्यक स्रोत जुटाउने कुरामा सहयोग पुग्ने विद्यालयका प्रअ लक्ष्मण गौतमले बताउनुभयो । कोषबाट विद्यालयका दुई जना शिक्षकलाई कम्प्युटर तालिम गराइ दक्ष बनाउने र अन्य सबै शिक्षकलाई पनि आधारभूत कम्युटर शिक्षा दिने उद्देश्य राखिएको उहाँको भनाई छ । पौडेलको असार १० गते कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं ८ बिरेठाँटीकी प्रतिभा सुवेदी संग विवाह भएको हो ।