पानीको भाँडोमा डुबेर दुई वर्षे बालिकाको ज्यान गयो


इलाम ।
पानीक भरीएको भाँडोमा डुब्दा इलाममा शनिबार एक बालिकाको ज्यान गएको छ । माईजोगमाई गाउँपालिका ४ नामसालिङ्गका गंगाराज देवानको दुई बर्षीया छोरी एञ्जिला देवानको मृत्यु भएको हो । घरको आँगनमा खेलीरहेको समयमा घर बाहिर पानी भरीएको भाँडोमा डुबेकी बालिकालाई गम्भिर अवस्थामा परिवारले देखेर पानीबाट निकालेर उपचारका लागि इलाम अस्पतालमा ल्याएपनि उपचारको क्रममा उनको बिहान करिब १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यता टयाक्सि र मोटरसाईकल एक आपसमा ठोक्किदा इलामनगरपालिकामा एकजना घाईते भएका छन् । देउमाईनगरपालिका ३ का २८ बर्षिय बिशाल राई घाईते भएका हुन् ।

उनलाई उपचारका लागि झापाको बिएण्डसी लगिएको छ । बिब्ल्याँटेबाट इलामबजारतर्फ आउँदै गरेको मे१ज ७४० नम्बरको टयाक्सि र बिपरीत दिशातर्फ जाँदै गरेको मे२प ७७२० नम्बरको मोटरसाईकल धोविधारामा ठोक्किँदा मोटरसाईकल चालक राई घाईते भएका हुन् । यता सूर्योदय नगरपालिकामा भएको सवारी दुर्घटनामा पनि एकजना घाईते भएका छन् ।

सोहि नगरपालिका वडा नम्बर ५ समाल्बुङका करिब २९ बर्षिय मनीकुमार गुरुङ्ग घाईते भएका हुन् । उनलाई उपचारका निम्ति झापातर्फ लगिएको छ । फिक्कल–श्रीअन्तु सडक खण्डमा फिक्कलबाट श्रीअन्तुतर्फ जाँदै गरेको मे३प ९१२ नम्बरको मोटरसाईक अनियन्त्रित भइ दुर्घटना हुँदा गुरुङ्ग घाईते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।