किसानलाई अनुदानमा जर्सीक्रस गाई

0
Shares

विनोद सिंह विष्ट, बैतडी । दुधमा आत्मनिर्भर बनाउने उद्देश्यले बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाले विभिन्न कार्यक्रम अगाडी बढाएको छ ।

गाउँपालिकाले स्थानीय किसानहरुलाई अनुदानमा उन्नत जातका गाई वितरण गरेको छ । व्यवशायिक किसानहरुलाई छनौट गरे जर्सीक्रस गाई वितरण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साँउदले बताउनुभयो ।

६ वडा रहेको शिवनाथ गाउँपालिकामा प्रत्येक वडावाट व्यवशायिक रुपमा गाईपालन गर्ने १÷१ किसानलाई ७५ प्रतिशत अनुदानमा जर्सीक्रस गाई वितरण गरिएको हो । यसका साथै किसानलाई गाईको लागि दाना पनि वितरण गरिएको छ । १ किसानलाई २५ किलोको ५ कट्टाका दरले दाना दिईएको हो ।

वडा अध्यक्षको सिफारिसका आधारमा व्यवसाय गर्न सक्ने किसानहरुलाई छानेर सुत्केरी दुहुनो गाई वितरण गरिएको उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो ।

३ लाख लागतमा गाई किनेर किसानलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ । व्यवसायको लागि दुहुनो गाई पाउँदा किसानहरु खुसी भएका छन् ।