दाङको श्रीगाउँमा जीप दुर्घटना, चालकको मृत्यु


दाङ ।
दाङको तुलसीपुर–सुर्खेत सडकखण्डको श्रीगाउँमा शनिबार जीप दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण ७ का जीप चालक २८ वर्षीय डिल्लीबहादुर ओलीको रहेका छन् ।

रगैँचाबाट तुलसीपुर आउँदै गरेको रा १ ज ४३६ नम्बरको जीप दंगीशरण ७ श्रीगाउँ नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित भएर पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते चालक ओलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको हो ।