सर्लाहीमा अज्ञात समूहद्धारा गोली प्रहार, एक घाइते


सर्लाही ।
सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । लालबन्दी नगरपालिका १ नवलपुरका ३० वर्षीय जयनाथ महतो घाइते भएका हुन् ।

ब्रह्मस्थानको मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाको समूहले महतोमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महतोको दाहिने हातमा गोली लागेको छ ।

गोली कसले र किन प्रहार गरेको हो त्यो अहिलेसम्म खुल्न सकेको छैन। घाइते महतोको नवलपुरमा समान्य उपचार पश्चात थप उपचारको ला गि वीरगन्ज पठाइएको छ ।