ट्राफिक कार्यालय भवन निर्माण गर्न दुई लाख १० हजार रुपियाँ सहयोग

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको राधेराधेस्थित इजी वे ट्रायल सेन्टरले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको कार्यालय भवन निर्माण गर्न दुई लाख १० हजार रुपियाँ सहयोग उपलव्ध गराएको छ । बिहिवार ट्रायल सेन्टरमा आयोजित एक समारोहका बीच सेन्टरका प्रबन्ध निर्देशक निर्भय बाबु प्रसाई, निर्देशक बिरेन खड्गीले जिल्ला ट्राफिक कार्यालय भवन निर्माण समितिलाई दुई लाख १० हजार रुपियाँको चेक हस्तान्तरण गर्नु भएको हो ।
|
ट्राफिक भवन निर्माण सम्पन्न भएपछि व्यवस्थित रुपमा कार्यालय सञ्चालन हुनुका साथै त्यसबाट गुणस्तरीय सेवा प्रवाह हुने अपेक्षासहित सेन्टरले भवन निर्माणमा सहयोग उपलव्ध गराएको प्रबन्ध निर्देशक प्रसाईले बताउँनु भयो ।

भक्तपुरको सुर्यविनायक नगरपालिकाको चुनदेवीमा निर्माणाधिन चार तले भवन निर्माण सम्पन्न गर्न सेन्टरले सहयोग स्वरुप सो रकम उपलव्ध गराएको सेन्टरका निर्देशक खड्गीले बताउँनु भयो । सेन्टरले यसअघि पनि जिल्लामा दैविप्रकोप लगायतका बिभिन्न सामाजिक कार्यमा सहयोग उपलव्ध गराउँदै आएको प्रबन्ध निर्देशक प्रसाईले बताउँनु भयो ।

भवनको अभावमा हाल जिल्ला ट्राफिक कार्यालय भाडाको घरमा बस्दै आएको छ । साँघुरो र विद्युतको हाईटेन्सन लाईनको तल कार्यालय रहेका कारण त्यहाँ कार्यरत ट्राफिक प्रहरी जोखिम मोलेर कामगर्न बाध्य छन् । सहयोग रकम ट्राफिक परिसर प्रमुख हरिओम खड्काले ग्रहण गर्दै यस्तै सहयोगले भवन छिट्टै निर्माण हुने बताउनुभयो ।