डोटीमा महिलामाथि बलात्कार गरेको आरोपमा सैनिक समातिए

0
Shares

विमल विष्ट, डोटी ।
डोटीमा जबरजस्ती करणी गरेको आरोपमा डोटीमा एकजना नेपाली सेनाका जवान पक्राउ परेका छन् ।

जिल्लाको सायल गाँउपालिकामा साली नाता पर्ने एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सोही ठाउँ स्थायी बसोबास गर्ने नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले साली नाता पर्ने महिलालाई निज सैनिक जावन विष्टले जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “साली नाता पर्ने महिलालाई नवरजस्ति करणी गरेको भन्ने उजुरीका आधारमा हामीले विष्टलाई पक्राउ गरेकाछौँ,आवस्यक अनुसन्धान भैरहेको छ ।”

विष्ट नेपाली सेनाको कुमारी दल गुल्म सुपारीटार व्यारेक हेटौडामा जवान पदमा कार्यरत रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाटका प्रहरी निरिक्षक सुरेन्द्र बमले जानकारी दिुभयो ।

उहाँका अनुसार यहि असार ८ गते रातीको समयमा मादक पदार्थ सेवन गरी साली नातापर्ने निज महिलालाई सैनिक जवान विष्टले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय डोटीमा बिहिवार उजुरी परेको थियो । पक्राउ परेका विष्टलाई प्रहरी हिरासतमा राखि वयान सुरु भएको प्रहरीले जनाएको छ ।